Header Ads

भारतीय सेनाको क्याम्पमा बिद्रोहीको आक्रमण, भारत पाकिस्तान तनाव थप चर्कने सम्भावना



काठमाडौं, २० असोज । भारत प्रशासित जम्मु–काश्मिरको हन्दवाडामा रहेको सेनाको क्याम्पमा आक्रमण भएको छ । समाचार संस्था पिटिआईले प्रहरीलाई उद्धृत गर्दै सेनाको क्याम्पमा बिद्रोहीले आक्रमण गरेको बताएको छ । आक्रमणपछि गोली हानाहान भएको पिटिआईले जनाएको छ । बिद्रोहीले ३० राष्ट्रिय राइफल्सको क्याम्पमा बिहान पाँच बजे आक्रमण गरेका हुन् । अहिले बिद्रोही विरुद्धको खोजी अभियान सुरु भएको छ । पछिल्लो समय काश्मिरको आर्मी क्याम्पमा भएको यो तेस्रो आक्रमण हो । तीन दिनअघि बिद्रोहीले बारामुल्लाहमा रहेको बिएसएफको क्याम्पमा आक्रमण गरेका थिए । यस्तै सेप्टेम्बर १८ मा उरीममा रहेको आर्मी क्याम्पमा आक्रमण गरेका थिए । त्यसबेला १९ सैनिकको ज्यान गएको थियो । काश्मिरको विषयलाई लिएर भारत र पाकिस्तानबिच तनाव बढ्दै गएको छ -

No comments