Header Ads

बिदेशबाट छोरालाई बुवाको पत्र : प्रिय छोरा दिप ! धेरै–धेरै आशिर्वाद, म हमेशा चाहन्छु मेरो जस्तो जीवन तिमीले जिउनु नपरोस । न त तिम्रो भाईले नै वा मेरो बुहारी र नाती - See more at:


बिदेशबाट छोरालाई बुवाको पत्र : बिदेशको जिन्दगी रहर होइन, बाध्यता हो
एबी नर्मल गुरुङ
मिति : Sunday, October 2nd, 2016





61 0









प्रिय छोरा दिप ! धेरै–धेरै आशिर्वाद, म हमेशा चाहन्छु मेरो जस्तो जीवन तिमीले जिउनु नपरोस । न त तिम्रो भाईले नै वा मेरो बुहारी र नाती नतिनाहरुले । किन कि यो ४० वर्षमा मैले जति भोगे र देखे त्यो तिमीले बुझ्दैनौ र बुझ्नु जरुरी पनि छैन । तिम्रो म्यासेजले म रिसाएको पनि छैन र झर्केको पनि छैन तिमीसँग । तर, म एउटा कुरा के भन्न चाहन्छु भने मैले देखेको संसार र बुझेको संसार हेर्न तिमीले अरु २० बर्ष कुर्नु पर्दछ । त्यसैले म भन्दै छु, सानो काम गर, नेपालमा गर । म मद्दत गर्छु, म साथ दिन्छु, म छिट्टै फर्कुला…….। मात्र बाऊ छोरा मिलेर व्यबहार मिलाऊला । करोडपति बन्नु छोड, परिवारलाई खुसि दिउँ र खुसि राखुँ । बस, एउटा लाइन समात्न सकियो भने आफ्नो मातृभुमी मै स्थापित हुन्छौ हामी । बिदेशको जिन्दगी रहर मात्रै होइन, बाध्यता पनि हो ।
जब तिमी यहां आएर फस्छौ नि, त्यस पछि बाबालाई सम्झिन्छौ एक दिन । किन कि मैले जे देखे, जे भोगे तिमीले आज सम्म बेहोर्नु परेको छैन । यो नमिठो तितो सत्य हो हरेक नेपालीहरुको । त्यसैले, चिनी गुलियो हुन्छ भनेर सधै त्यसको गुन गाएर नहिंड बेटा, नुनको महत्व सुनको भन्दा धेरै बढी हुन्छ । लाखौ रुपियाँ खर्चेर जब यो मरुभूमिमा तिमीले पहिलो पाइला टेक्ने छौ नि, त्यस पछि तिम्रो हरेक पल पापाको यादमा बिताउनु पर्ने छ । कसम तिमीले मेरो याद गर्ने छौं । किन कि बाध्यता बिच अल्झिएको परदेशीहरुको पीडा नेपाल नछाडेकाहरुलाई थाहा नहुन पनि सक्छ । जहाज चढेर सात समुन्द्र पारी आउँदैमा रुखमा पैसा फल्छ भन्ने लाटो कोसेरोको जस्तो दिवा सपना नदेख्नु । किन भने बालुवामा सुन खोज्नु र समुन्द्रमा मोती टिप्नु भन्दा पनि गाहे छ यहाँ ।
पढेलेखेका साथीहरु महिनौ दिन देखि बेरोजगार छन् । जागिर भएकाहरुका लागि पनि रोजगारदाता कम्पनी र विविध समस्याले गर्दा तिमीले त्यहाँ सोचे जस्तो सजिलो पनि छैन । तर, काम सानो–ठुलो हुँदैन, दुनियाँमा मेहनत ठुलो हुन्छ, परिश्रम गर्न सिक्नु पर्छ । ४५र५० डिग्रीको तातो घाममा यहाँ गर्ने १२ र १४ घण्टा लामो संघर्ष तिमीले आफ्नै गाउँघरमा गर्यौ भने नुन रोपेर सुन फलाउन सक्छौ । यो मलाई पुरा विस्वास र भरोसा छ । यहँंको लाख कमाई भन्दा त्यहाँको हजार कमाईले बढी आत्मसन्तुष्टि मिल्ने छ । निर्णय लिन र गर्न तिमीलाई म कहिले पनि रोक्दिन किन भने तिमी अब बच्चा छैनौं । तिम्रो भलो कै लागि मैले यो पत्र लेख्न बाध्य भए । मलाई आशा छ । तिमीले मलाई बुझ्ने छांै । बाँकी अर्को पत्रमा विस्तारमा लेखौंला । विजयादशमी तथा दीपावालीको हार्दिक मंगलमय शुभ–कामना संगै अहिलेलाई बिदा लेखे ल ।
सात समुन्द्र पारीबाट
तिम्रो बुवा
एबी नर्मल गुरुङ

No comments