Header Ads

नेपाली बनमा पाँच करोड ५० लाख टन कार्बन, बिक्रीको चर्चा



काठमाडौं,२०असोज । नेपालका वनजंगलमा पाँच करोड ५० लाख टन कार्बन सञ्चित छ । विश्व बजारमा नेपालको कार्बन बिक्रीको चर्चा चलिरहेका बेला नेपाल सरकारले पहिलोपटक नेपालमा कार्बनको अवस्थाबारे अध्ययन गरेको हो ।

फिनल्याण्ड सरकारको आर्थिक सहयोगमा गरिएको अध्ययनअनुसार नेपालमा औसत १७९।९५ टन कार्वन प्रतिहेक्टर छ । उच्च हिमाली र पहाडी भेगमा सबैभन्दा धेरै कार्बन सञ्चित छ ।

बन स्रोत सर्वेक्षण परियोजना राष्ट्रिय कार्यक्रम संयोजक यामप्रसाद पोखरेलका अनुसार कार्बन सञ्चिताको अवस्था थाहा पाएका कारण त्यसलाई अवसरका रुपमा सदुपयोग गर्न सकिने छ ।

अन्तर्राष्ट्रिय बजारमा समेत अब कार्बन बिक्रीका लागि छलफल प्रक्रिया अघि बढाउने आधार नेपालसँग तयार भएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

No comments