Header Ads

जबरजस्ती बलात्कार गरी फरार दुई अभियुक्त २३ वर्षपछि प्रहरी फन्दामा :: Read More >>>



नवलपरासी, १० कात्तिक - करिब २३ वर्षअघिदेखि फरार दुई दोषीलाई प्रहरीले मङ्गलबार पक्राउ गरी जिल्ला अदालतमा बुझाएको छ ।


विसं २०५० मा जबर्जस्ती करणी अभियोग लागेका अभियुक्त नवलपरासी कावासोती–३ बस्ने ४५ वर्षीय प्रेम भण्डारी र जनार्दन भण्डारीलाई पक्राउ गरी अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।




दोषीलाई जिल्ला अदालतले यस अगावै पाँच वर्ष कैद सजायको फैसला गरेको थियो । ती लुकीछिपी बस्दै आएकामा प्रहरीले सुराकीका आधारमा पक्राउ गरी अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

No comments