Header Ads

ब्वायफ्रेण्डलाई पठाएको आफ्नै नग्न तस्वीर बाउको मोबाइलमा गएपछि ! -



काठमाडौं । सायद यस्तो क्षण जिन्दगीकै सबैभन्दा लज्जाजनक तथा अप्ठेरो क्षण हुन्छ होला । निकै गोप्य, अश्लील तथा आफ्नै पार्टनरका लागि लक्षित गरिएका चिजहरु अन्य व्यक्ति अझ आफ्नै बाउआमाको साथमा पुगे भने त्यसपछि छोराछोरीको हालत के होला रु छोराछेरीको त्यस्तो कृत्य देख्दा बाउआमाको प्रतिक्रिया के होला र ?

आफ्नै केटा साथीका लागि मोबाइलबाट पठाएको आफ्नो नांगो तस्वीर यदि भुलबस बुवाको मोबाइलमा गयो भने परिणाम के होला रु यस्तै भोगेकी छिन् एकजना युवतीले । आफ्नो नाम तथा वतन नखुलाएकी ती युवतीले ट्विटर मार्फत यो भयावह क्षणको खुलासा गरिन् ।

ट्विटरमा डियरफ्यासन एनवाइवाइ नाम उल्लेख गरेकी ती युवतीले आफ्नो ब्वाय फ्रेण्ड डाकक्वान लाई पठाउन खोजेको तस्वीर भुलबस ड्याडी अर्थात् बुवाकोमा पुगेछ । म्यासेज बुवाको मोबाइलमा पुगेपछि उनी अत्तालिइन् । उनका बुवा पनि झसँग भए र धेरै पटक फोन गरे । तर उनले लाजले फोन उठाउन सकिनन् । बुवाले म्यासेज गरेर समेत फोन उठाउन आग्रह गरे ।

तैले स्कुलमा त्यहीँ सिकेकी होस् रु भनेर म्यासेजमै झपारे पनि । तर उनले उत्तर दिइनन् । आखिर ती बाउले आफुले यो कुरा श्रीमतीलाई पनि भनेको भन्दै आफु आफ्नै आएर ठिक पार्ने भन्ने धम्कीपूर्ण म्यासेज पठाए । बुवा आफ्नो कोठामा गाडि लिएर आएको तस्वीर समेत उनले ट्विटरमा पोष्ट गरिन् । पठाइसकेको टेक्स म्यासेज कसरी डिलिट गर्न सकिन्छ रु भन्ने प्रश्नबाट ट्विट गर्न थालेकी उनले आफुले बुवालाई नग्न तस्वीर पठाएको देखि लिएर बुवाले पठाएका सबै म्यासेज समेत ट्विट गरिन् । उनको ट्विटर हजारौँले रिट्विट गरे । धेरैले उनलाई प्रश्न गरे र मजाक पनि गरे ।

No comments