Header Ads

मलेसियामा कामगर्दै आएका असोक राइको सुतिरहेको अवस्थामा मृत्‍यु। कृपया १ शेहर गरी पीडितको घरपरिवार सम्म पुराउन सहयोग गर्नुहोला । धन्यवाद । पुरा पढ्नुहोस ।

अशाेक राईकाे सुतेकै अबस्थमा मृत्युु
बिपेन उलङ्गे
कार्तिक ५, क्वालालम्पुर ।
बैदेशिक राेजगारिकाे शिलशिलामा ३७ महिना अघि मलेसिया अाएका अशाेक राईकाे सुतेकै अबस्थामा मृत्यु भएकाे छ ।
माेरङ टांडि- ७ घर भई हाल मलेसियाकाे रावाङ स्थित “ईउराे चियर फर्निचर” कम्पनीमा कार्यरत राई मङगलबार राति सुतेकै अबस्थामा मृत्युु भएकाे उनका सहकर्मिहरुले लुकनेपाल डटकमलाई जानकारि दिए । दिउसाेकाे काम सकि हाेस्टेलमा अाई साथिहरु संग हासखेल गर्दै खाना पकाई खाएर सुतेका राई बिहान अबेरसम्म नउठेपछि साथिहरु बाेलाउन गएका थिए । तर २६ बर्षिय राई कहिलै नउठने चिर निन्द्रामा परि सकेका थिए ।
राईकाे मृत्युु भएकाे थाहा पाएपछि साथिहरुले कम्पनी बाेसलाई जानकारी दिएका थिए । राईकाे शबलाई अहिले सुगाईबुलाे हस्पिटलमा राखिएकाे छ भने नेपाल पठाउने बारेमा पनि कम्पनीले प्रक्रिया अघि बढाई सकेकाे र यहि साेमबार सम्ममा शब नेपाल पठाउने तयारी रहेकाे उनका सहकर्मी मनकुमार राईले जानकारि दिएका छन । सथै मृतककाे अार्थिक अबस्था कम्जाेर रहेकाेले साथिहरुले रकम सङ्कलन गरेर पठाउने तयारि गरि रहेकाे बताउदै सहयाेगकाे लागि अपिल गरेका छन ।
मृतककाे घरमा अामा, बुबा, २ छाेरा र उनकी जीवन संगिनी संगिता राई रहेकाे बुझिएकाे छ । उनी काठमाडौं स्थित साेसियल म्यानपावरबाट ३७ महिना अघि राेजगारिकाे लागि मलेसिया अाएका थिए ।

No comments