Header Ads

चाेरी आरोपमा दलित महिलाको केस मुण्डन



चाेरी आरोपमा दलित महिलाको केस मुण्डन
सुमित्रा कोईराला
उदयपुरः राणकालिन युगको कठोर सजाय मध्येको एक केस मुण्डन गर्ने कार्य गणतन्त्र आएपछि पनि उदयपुरका महिलाहरुले प्रयोगमा ल्याएका छन । चोरी आरोपमा उदयपुरको त्रियुगा नगरपालिका ३ बगरटोलकी एक २५ वर्षकी दलित महिलालाई केस मुण्डन गरिएको हो ।
स्थानीयको घरको खाना पकाउने भाडा चोरी गरेको आरोपमा स्थानीय महिलाहरु मिलेर केश मुण्डन गरेको पीडित महिलाले बताएकी छिन । त्रियुगा नगरपालिका ३ स्थित बगरटोल बस्दै आएकी सदालाई स्थानीय ३२ वर्षकी लक्ष्मी भुजेल, ५० वर्षकी सीता राई र ४७ वर्षकी लक्ष्मी भुजेलले कपाल मुण्डन गरिदिएका हुन ।
दुई छोरा र दुई छोरीकी आमा सदालाई शनिबार बिहान सात बजे घरमै नियन्त्रणमा लिएर कपाल मुण्डन गरिएको थियो । पीडित सदाले भनिन्-'बिहान घरमै बसिरहेको बेला तीन जना छिमेकी महिलाहरु आएर मेरो भाडा चोरी गर्ने यही हो भन्दै नियन्त्रणमा लिएर कपाल काटे ।'
आफूलाई मुण्डन गरेको दुखेसो गर्दै उनले भनिन्-'मेरो हात बाँधेर हप्की दप्की गर्दै बाटोमा निकाली अन्य गाउँलेलाई कैची ल्याउन लगाई पशु झै व्यवहार गरेर मुण्डन गरे ।'
केस मुण्डन गर्ने तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ । गाउँमा चोरी भएको रिपोर्ट गर्दा नगर प्रहरीले चोरी गर्ने सदालाई पक्राउ गरेर कारबाही नगरेकाले आफूहले नै कारबाही स्वरुप मुण्डन गरेको लक्ष्मी भुजेलले बताईन । उनले भनिन्-'समाजमा बारम्बार चोरी गरेकाले गाउँले सबै आजित भएर प्रहरीलाई खबर गरेको तर प्रहरीबाट नै उसलाई जे गरेपनि हुन्छ भनेकाले केस मुण्डन गरका हौं ।'
पक्राउ परेका तीन जनालाई सार्वजनिक (सजाय नियन्त्रण) ऐन २०२७ अनुसार सजाय हुने महिला पुनस्थापना केन्द्र ओरेकका कानुनी सल्लाहाकार खम्बसिंह रोईलाले बताए ।
चोरी गरेकालाई कानुन अनुसार कारबाही हुने व्यवस्था हुदाँ हुदै एक दलित महिलालाई केश मुण्डन गर्नु मानवता विरुद्धको अपराध भएको भन्दै महिला मानवअधिकार रक्षक सञ्जालकी सचिव सर्मिला निरौलाले दोषीलाई कडा कारबाही गर्न माग गरेकी छन् ।

No comments