Header Ads

४ लाख डलर बाट ट्रम्पले वर्षमा एक डलरमात्र तलब लिने घोषणा - See more at:

donald-trump

काठमाडौं,३० कात्तिक– अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले तलब नलिने घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपतिको तलब वार्षिक ४ लाख डलर छ । तर, ट्रम्पले भने वार्षिक एक डलर मात्र तलब लिने घोषणा गरेका छन् । सीबीएस टेलिभिजनलाई दिएको एक अन्तरवार्तामा राष्ट्रपति ट्रम्पले आफ्नो तलब लिने योजनाबारे जानकारी गराएका हुन् ।

ट्रम्पलाई थाहा थिएन कि राष्ट्रपतिको तलब कति छ । उनलाई लाग्छ कि उनले एक डलर लिन जरुरी छ । अन्तरवार्ताकारले ४ लाख डलर छ भनेपछि उनले भने, ‘म तलब लिन्नँ ।’

तर, ट्रम्प तलब नलिने पहिलो अमेरिकी नेता भने होइनन् । हर्बर्ट हूवरले पनि तलब लिएनन्, जो १९२९ देखि १९३३ सम्म राष्ट्रपति थिए । जोन एफ क्यानेडीले आफ्नो तलब च्यारिटीमा दिए ।

मार्क जुकरबर्ग फेसबुकका सबैभन्दा कम तलब पाउने कर्मचारी हुन् र उनले १ डलर मात्र तलब लिन्छन् ।

No comments