Header Ads

श्रीमान बिदेस (मकाउ) भएको बेला श्रीमानले कमाएको १ करोड १० लाख रुपैयाँ लिएर दुई वर्षको काखे छोरा अनि ५ र १० वर्षकी छोरीहरुलाई छाडेर भागेकी रुपमाया लिम्बू भन्ने महिलालाई भेटाउनको लागि तपाईंको १ शेहर आवश्यक परेको छ । कृपया १ शेहर गरी सहयोग गर्नुहोला।

यी पत्नी पीडितले न्याय पाऊलान् ?
गोविन्द पोखरेल,
उर्लाबारी /दुई छोरी र एक छोराकी आमा श्रीमानले कमाएको साह्रा सम्पत्ति लिएर भाग्दा कस्तो होला ? श्रीमान विदेश भएको मौका छोपी दुई वर्षको काखे छोरा अनि ५ र १० वर्षकी छोरीहरुलाई छाडेर भाग्दा के होला ? नानीहरुको अवस्था कस्तो हुदो हो ? नियमति फोन सम्पर्क हुदाहुदै पनि ३९ महिनापछि स्वदेश फर्कदा सहरावीहिन नानीहरु देख्दा ती अभागी बाबूलाई कस्तो भयो होला ? भोग्नेलाई नै थाहा हुन्छ !
मोरंग टाँडी–२का जितेनहाङ लिम्बू(नाम परिवर्तन) लाइ भयो यस्तै । ३९ महिनापछि मकाउबाट स्वदेश फर्कदा आप्mनो सहारा विहिन नानीहरुसँग भेट्दा उनी भक्कानिए । विदेशीहरुको गुलामी गरेर कमाएको पैसा उनकी श्रीमतीले लिएर भागिन् । मकाउ र इराकमा गरी साढे ६ वर्ष काम गरेर आर्जेको सम्पत्ति लिई तीन छोराछोरीलाई छाडेर भाग्दा ती निर्दयीलाई के भन्ने लिम्बूले सोच्नै सकिरहेका छैनन । न्यायको खोजीमा उनी भौतारिदै बीहिबार इलाका प्रहरी कार्यालय पुगे । कार्यालय परिसरमा उनले ‘श्रीमती हराएको’ विषयमा निवदेन दर्ता गराउदै आप्mनो विगतका दिनहरु सुनाउन थाले ।
२०५९ सालमा जितेनहाङले मोरंङ टाँडी–२का विरबहादुर माखिमकी एलिना भनेर चिनिने रुपमाया लिम्बूसँग विवाह बन्धनमा बाँधिएका थिए । सशस्त्र प्रहरीका जवान उनीे विवाह भएको चार वर्षपछि जागिर छाडी कमाउनका लागि भनेर इराका हानिए । मुलुकमा २०६३सालमा गणतन्त्र आउदै उनी आप्mनो सुनौलो भविष्य बनाउनका लागि भनी दुई वर्षकी छोरी र श्रीमतीलाई छाडेर इराका गएका थिए । जोखिमपूर्ण काम गर्दा इराकमा लिम्बूले मासिक दुई लाख १७ हजार पाउथे । ४१ महिनासम्म इराकमा रहदा उनले पटकपटक गरी श्रीमतीलाई करिब ५० लाख रुपैँया पठाएका थिए । श्रीमानले पठाएको रकमबाट रुपमायाले नि उर्लाबारी–२ स्कूलडाँडामा १६ धूर जमिन र टाँडी–२ स्थित चोक्टे भन्ने ठाँउमा घर सहित ८ रोपनी जमिन खरिद गरेकी थिइन् । घर घडेरी सबै श्रीमतीको नाममा थिए । २०६५ सालमा जितेनहाङ स्वदेश फर्के । २०७० सालसम्म स्वदेशमा रहँदा लिम्बू दम्पत्तिका अन्य दुई सन्तान जन्मिए । सुखमयले उनीहरुको जीवन व्यतित भइरहेको थियो ।
२०७० सालमा जितेनहाङको मकाउका लागि भिसा लागेपछि पुनःविदेशीए । ३९ महिनासम्म मकाउ बसिकेपछि उनी गत असोज २२ फर्कदा भयभित बने । मकाउमा रहदा श्रीमतीलाई पठाएको १६ लाखको के कुरा, उनले आप्mनो घर र घडेरी नै बेचिएको थाहा पाए । छोराछोरीको कान्ति विजोग देखे । घरमा श्रीमती थिइनन् । डेढ वर्ष अघि नै(२०७२ साल वैशाख) श्रीमती भागेको थाहा भए । छोराछोरीको अवस्था देखेर उनले आप्mनो आँशु थाम्न सकेनन् ।
घर र जग्गा गरी श्रीमतीले ७६ लाख बेची भागेको थाहा पाए । श्रीमतीले एक करोड १० लाख बराबरको सम्पत्ति लिएर भागेको पीडित लिम्बू बताए । टाउकमो ठूलो भज्रपात परेको बताउदै उनले भावुक हुदै भने–‘मलाई जोगी नै बनाएर भागिछे । कमसेकम छोराछोरीको त माया हुन्छ नि ! ’
‘घर घडेरी र नगद के कुरा, निष्ठूरीले मेरी बहिनीको दुईतोला सुन र घरको ६ तोला सुन समेत लिएर भागिछे’लिम्बूले भने–‘भाडामा बस्ने नै बनाइ । ’ हाल जितेनहाङ उर्लाबारी–१मा एक घर भाडामा लिई छोराछोरीका साथ बसेका छन् ।
प्रहरी कार्यालय परिसरमा लिम्बूले आप्mनो विगत सुनाइरहदा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक समेत भावुक देखिन्थे । भने–‘कानूनी अड्चनहरु धेरै नै छन् । पुरुष हिंसा देखीएपनि नेपालको कानूनमा यो सम्बन्धि कानून नै निर्माण भएको छैन । मानिस हराएको निवदेनको आधारमा श्रीमतीको खाजी गर्न मात्र सक्छौँ ।’
श्रमीतको खोजी गर्नका लागि जितेनहाङले ससुरालीकहाँ जादा समेत उल्टै हप्कादप्की खानुपरेको गुनासो गरे । आप्mना व्यथाहरु सुनाउदै श्रीमतीको खोजी गर्न आग्रह गर्दै उनले आफूलाई न्याय दिलाइदिन कानूनका ज्ञाताहरुसँग आग्रह समेत गरेका छन् । आप्mनो साहारका कोही नभएको उनले बताए ।
‘श्रीमती हराएको सूचना’निवदेन बढेः
चालू आर्थिक वर्षको कत्र्तिक पहिलो सातासम्म इलाका प्रहरी कार्यालय उर्लाबारीमा ‘श्रीमती हराएको’ निवेदन दिनेको संख्या ८ पुगेको छ । श्रीमान वैदेशिक रोजगारीमा रहदा छोराछोरीलाई घरमै छाडेर नगद र गरगहना लिएर भागेको भन्दै ‘श्रीमती खोजिदिन’भन्दै इलाका प्रहरी कार्यालयमा पीडितहरु आउने गरेका छन् । भागेका अधिंकाश अन्य केटासँग विवाह बन्धनमा बाँधिने गरेका छन् । श्रीमती अन्य केटासँग भागे पनि श्रीमानले अर्को केटीसँग विवाह गर्दा ‘बहुविवाह’मुद्दा लाग्ने डरले ती ‘श्रीमती पीडित’न्यायको खोजीमा भौतारिदै गरेका छन् ।
उर्लाबारी नगर क्षेत्रबाट चालू आर्थिक वर्षमा नगद सहित गरगहना लिएर भाग्नेहरुमा टाँडी–४की कमला पराजुली,उर्लाबारी–६की राधिका श्रेष्ठ,उर्लाबारी–४की सीता तामाङ,मधुमल्ला–७की आशा मगर,उर्लाबारी–६की जानुका राई रहेका छन् । भागेका ८ जना मध्ये दुई जना फर्केर पारिवारीक मिलापत्र गरेर बसेको इलाका प्रहरी कार्यालय उर्लाबारीका निरीक्षक राजकुमार राईले जानकारी दिए । इलाका प्रहरी कार्यालय उर्लाबारीको महिला तथा बालबलिका विभागकी सुनिता चौधरीका अनुसार भागेकाहरु अधिकांशले नगद लिएर गएको उजूरीहरु उल्लेख गरिएको जानकारी दिइन् । भागेका अधिकांशहरुको छोराछोरी रहेको तथा श्रीमान वैदेशिक रोजगारीमा आबद्ध रहेको चौधरीले बताइन् ।
तस्विरः जितेहाङकी हराएकी श्रीमती ।

No comments