Header Ads

आमा भन्ने शब्द सुन्दा नै सुनीरहू लाग्छ जो कसैलाई पनि !! यी महान आमा : छोराको लाइ ब्लड क्यान्सर छ त्यसैले ब्लड क्यान्सर जित्न सर्वस्व सक्दै - See more at:



डुमरवाना बारा २ मंसिर – छिनछिनमै बज्ने मोबाईलको घण्टीले उनको मनमा डर पैदा गर्छ । फोन उठाउने हिम्मत उनि गर्दिनन् । तर उनको आशा अझै जिवित छ । प्रत्येक पटक भारी मन लिएर फोन उठाउने उनि त्यसपछि रुन थाल्छिन् र भन्छिन् ‘जसरी पनि बचाउछु छोरा’ ।


भरतपुरस्थित क्यान्सर अस्पतालबाट ‘मम्मी मलाई बचाईदिनुस’ भन्दै छोराले फोन गर्दा गढीमाई १५ डुमरवानाकी गोमा पौडेल भक्कानिन थाल्छिन् । ब्लड क्यान्सर जित्न अस्पतालको शैयामा नौ महिनादेखी छटपटाईरहेको १८ बर्षिय छोरा युनेशको यस्तो आग्रहले उनलाई भावविह्वल बनाउछ् । हिम्मत जुटाएर छोरालाई सम्झाउछिन् अनि फोन राखेपछि भने उनि आफै कमजोर बन्छिन् ।
युनेशलाई पुरानै स्थितीमा फर्काउन ठुलो रकम खर्च गरिसकेकी गोमा अहिले अन्यौलमा छिन् । उपचारमा लाग्ने आर्थिक रकम जुटाउने चिन्ताले उनलाई सताउन थालेको छ । २० लाख भन्दा बढी रकम नौ महिनामा खर्च भईसकेको छ । अझै तीन बर्षसम्म चिकित्सकको निगरानीमा उपचार गर्न सके छोराको बाच्ने ईच्छा पुरा गर्न सकिने गोमाको भनाई छ ।
‘उसको बाच्ने ईच्छा छ । सधै फोन गर्छ, बचाउनुस भन्छ । म आफुलाई सम्हाल्न सक्दिन अनि रुन थाल्छु’ गोमाले भनिन ‘उपचार महंगो रहेछ, सम्पती बेचेर र ऋण लिएर जसोतसो गर्दै आएका छौ, तर अब सबै बाटो बन्द भईसकेको छ । अब कसरी छोरालाई बचाउने ? ‘
चिकित्सकका अनुसार युनेशको स्वास्थ्यमा निकै सुधार आएको छ । रगत उत्पादन गर्ने क्षमता पनि पहिलेको तुलनामा निकै बढेको छ । बाहिर ईन्फेक्सन हुने सम्भावना रहेकाले अस्पतालभित्रै कोठा लिएर युनेशलाई राखिएको छ । स्वास्थ्यमा खराबी आउनासाथ चिकित्सकले उनको उपचार सुरु गर्ने गरेका छन् । एकपटकको उपचारमा ठुलो रकम खर्च हुने भएपनि चिकित्सकको निगरानीका कारण युनेशको स्वास्थ्यमा आएको सुधारले पौडेल परिवारमा खुशी थपेको छ ।

No comments