Header Ads

न्युजिल्याण्डमा केही घण्टामै आयो दोश्रो ठूलो भूकम्प - See more at:

क्राइस्ट चर्च, २९,कार्तिक (एजेन्सी)– आइतबार गएको विनाशकारी भूकम्पको केही घण्टामा नै न्युजिल्याण्डमा दोस्रो ठूलो भूकम्प गएको छ । साउथ आइल्याण्डमा ७.५ म्याग्निच्युडको भूकम्प गएको केही घण्टामा नै त्यही क्षेत्रमा ६.३ म्याग्निच्युडको अर्को भूकम्प गएको हो । स्थानीय समय अनुसार दिउँसो १ बजेर ४५ मिनेट जाँदा भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु क्राइस्टचर्चबाट उत्तर पूर्वमा जमिनबाट १० किलोमिटर तल रहेको थियो । पहिलो भूकम्पबाट हालसम्म २ जनाको ज्यान गएको समाचार छ ।भूकम्पपछि सयौँ शक्तिशाली परकम्प गइसकेको छ । जसले गर्दा बत्ति र पानीको हाहाकार भएको छ । न्युजिल्याण्डको मिडियाअनुसार एक सय वर्षिया महिला र उनको बुहारीको काइकाउरामा रहेको उनीहरुको घरको भगनावशेषबाट जिवितै उद्धार गरिएको थियो । तर, घटनामा उनको छोराको भने निधन भएको छ । त्यतै माउण्ट लाइफोर्डमा एक महिलाको निधन भएको बताइएको छ ।
भूकम्पपछि सुनामीको खतरा रहेको बताइएको थियो । भूकम्प लगत्तै ६.६ फिट अग्लो समुद्रको छाल देखापरेको थियो । अहिले भने सुनामीको खतरा नरहेको बताइए पनि सर्वसाधारणलाई समुद्रको तटीय क्षेत्रबाट टाढै रहन भनिएको छ ।

No comments