Header Ads

पर्वतको होश्राङ्दीमा जिप दुर्घटना हुँदा दश जना यात्रु ......

पर्वतको होश्राङ्दीमा जिप दुर्घटना हुँदा दश जना यात्रु घाइते
पर्वत २७ कात्तिक - पर्वतको होश्राङ्दी गाविसको पलासेमा जिप दुर्घटना हुँदा दश जना यात्रु घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भीर छ । सेतीबेणीमा एकादशीमेला भर्न गएका यात्रु लिएर होश्राङ्दी तर्फ फर्केको ग १ ज ६०३९ नम्बरको जिप दुर्घटनामा परेको हो।
दुर्घटनामा होश्राङदी गाविस वडा नं. ४ की २९ बर्षीय जमुना पुलामी, सोही ठाउँकै बर्ष २५ की गितु थापा, बर्ष २५ को रेशम थापा, बर्ष ६६ की तिलमाया पुलामी, बर्ष २७ का संसार थापा, बर्ष ३० का चेत बहादुर राना, ५५ का ऋषिश्वर भुषाल बर्ष २१ का चित्र ब।घर्ती,बर्ष २४ का बिबश थापा र बाग्लुङका २२ बर्षीय हिरा ब. थापा घाईते भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइतेहरुको टाउको, ढाड, छाती, हात, आखाँ र खुट्टामा चोट लागेको छ। घाइतेहरुलाई उपचारको लागी पोखरा मणिपाल अस्पतालमा लगिएको प्रहरीले जनाएको छ। सडकमा रोकी भाडा उठाउने क्रममा जिप ब्याक हुँदा सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। जीप चालक भने फरार रहेका छन्।

No comments