Header Ads

७ लाख नेपाली कामदार रहेको मलेसियामा कामदारलाई सेवा दिन दूतावासमा जनशक्ति कम रहेको राजदूतको गुनासो - See more at:



मलेसिया, २९ कात्तिक । आईतबार नेपाली राजदुतावास मलेसिया द्वारा आयोजित बृहत् अन्तरक्रिया कार्यक्रम लाई ‌सम्बोधन गर्दै राजदुत महामहिम डा निरञ्जनमानसिहं बस्नेतले करिब ७ सात लाख नेपाली श्रमिक हाल मलेसिया मा रहेको तथ्यांक भएता पनि दुतावासमा जनशक्तिको अपुग रहेको बताउएका छन । आफुले पटक पटक सरकारलाई लिखित पत्र बाट जानकारी गराइएको तर हाल सम्म श्रमिक का समस्या सामाधान नभएको बताए । मलेसियामा नेपाली कामदार को सब अलपत्र रहेको राजदुत बस्नेत भन्छन यहाँ अलपत्र अबैधानिकशबको लागि बैदेशिक रोजगार, व्यवसायिक ऐन बाधक हुदा ६ जना अबैधानिक नेपालीको शब नेपाल पठाउन नसकिएको उनको दाबि गरेका छन् ।

हाल सम्म दुई सय भन्दा बेसि नेपालीहरु जेलमा रहेको तथ्याङ्क छ भने घरफिर्ति केन्द्रमा दुई सय पचास जना रहेका छन । त्यस्तै उच्च मृत्युदर रहेको मलेसियामा आत्म सत्या गर्नेको सङ्ख्या पनि बढ्दो छ । विभिन्न कारण मृत्युु दण्ड पाउनेहरु पनि करिब आधा दर्जन रहेको उनको दाबि छ।उपस्थित श्रमिकहरुका हकअधिकार का निम्ति उठाएका सवाल लाई समोधन बाट जवाफ दिदै बस्नेतले श्रमिकको पक्षमा आफुले काम गरेको र श्रमिकहरुका समस्यालाई पहिलो प्रथामिकता दिदै आएको उनले उल्लेख गरे । अबका दिनमा पनि साथ सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । सम्पन बृहत् अन्तरक्रिया कार्यक्रम मा मलेसिया स्थित नेपाली गठित विभिन्न श्रमिक , संघ संस्थाका का प्रमुख प्रतिनिधि , पत्रकार , ब्यबसायीक, नेपाली श्रमिकहरु लगायतको को बाक्लो उपस्थित रहेको थियो भने । साथै परदेशि धमाका मलेसियाको तर्फबाट धमाका केन्द्रिय प्रमुख दिल केरुङ लिम्बुले पाँच जना श्रमिकको उद्दारको लागि मलेसियन पाँच हजार रिंगेट महामहिम राजदुतलाई उक्त कार्यक्रमको अवसरमा पारि रकम हस्तान्तरण गरेका छन । यो पहिलो पटक आयोजना गरिएको हो ।

No comments