Header Ads

विमलेन्द्रका कारण चीन चिढिँदै



bimlendra-nidhi
काठमाडौं, २ मंसिर । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिका कारण छिमेकी मुलुक चीन नेपालसँग चिढिन थालेको छ । यसअघि चीनसँग भएका सम्झौता कार्यान्वयनमा चासो देखाउनु त परको कुरा चीनबाट आएका प्रतिनिधि मण्डलसँग नै नभेट्ने निधिको व्यवहारका कारण चीन चिढिएको हो ।
बुधबार साप्ताहिकमा खबर छ–कतिसम्म भने मन्त्री निधिले कात्तिक १५ देखि १८ सम्म नेपाल भैमणमा आएको चीनको छिङआइ प्रान्तका सार्वजनिक सुरक्षा मामिला प्रमुख वाङ चोङसोङ नेतृत्वको टोलीसँग आफूले भेट्ने समय त दिएनन् नै गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीलाई समेत सो टोलीलाई भेट्न दिएनन् ।
नयाँ सरकार गठनयताका नेपालभित्र भएका गतिविधि र क्रियाकलापबाट सशंकित चीनलाई विश्वासमा लिनुपर्नेमा मन्त्रीबाट नै यस्तो व्यवहार हुन थालेपछि चीनले कूटनीतिक तवरमा असन्तुष्टि प्रकट गरेको बुझिएको छ ।

No comments