Header Ads

बिमल घर्तीमगरले भावुक हुँदै लेखे, यो जित मेरी बहिनीलाई समर्पित गर्न चाहन्छु -

काठमाडौं, १ मंसिर । नेपाली फुटबल टिमका युवा स्ट्राइकर विमल घर्तीमगरले फाइनलमा मकाउलाई हराएपछि त्यो जित आफ्नी बहिनीलाई समर्पित गरेका छन् । मंगलबार मलेसियामा भएको एएफसी सोलिडारिटी कपको फाइनलमा मकाउलाई हराउँदै नेपाल इतिहास रच्न सफल भएको थियो । सो जितपछि विमलले आफ्नो फेसबुकमा भावुक कमेन्टस लेखेका छन् ।उनले लेखेका छन्, ‘आफूभन्दा अगाडि टिम, टिमभन्दा अगाडि देश । यो जित सम्पूर्ण नेपालीको हो । यो जित मेरो बहिनी, बाबा र विनाशकारी भूकम्पमा हामीबाट टाढा भएको सम्पूर्णलाई समर्पित गर्न चाहन्छु ।’विमलकी बहिनीको एक वर्ष अगाडि आफ्नै घरमा हत्या भएको थियो । बहिनीको हत्या हुँदा विमल बेल्जियममा थिए । उनका बाबुको केही वर्षअघि दुर्घटनामा मृत्यु भएको थियो । बाबु र बहिनीलाई गुमाएका विमल मकाउलाई हराएपछि निकै भावुक बनेका हुन् । सोही कारण उनले नेपालको जित बाबु, बहिनी र विनाशकारी भूकम्पबाट मृत्यु भएका सम्पूर्ण नेपालीप्रति समर्पित गरेका हुन् ।

मंगलबार मकाउविरुद्धको फाइनल खेलमा विमलले उत्कृष्ट खेल प्रस्तुत गरेका थिए । ब्रुनाईलाई हराउँदै फाइनलमा प्रवेश गर्दा विमलले मकाउविरुद्ध तीन करोड नेपालीले खेल खेल्ने प्रतिक्रिया दिएका थिए ।

No comments