Header Ads

सुजाता काण्डमा सामाजिक सञ्जालबाटै गगन थापाको राजीनामा माग, के गर्छन अब गगन थापाले ? - See more at:



काठमाडौं, २९ कात्तिक । कांग्रेस नेतृ सुजाता कोइरालालाई उपचारका लागि ५० लाख दिने सरकारको निर्णयको यतिबेला सामाजिक संजालमा सर्वत्र विरोध भइरहेको छ । स्वास्थ्मन्त्री गगन थापाले विशिष्ठ व्यक्तिलाई १५ लाखभन्दा बढी रकम उपलब्ध नगराउने गरी कार्यविधि तयार पारेकै बेला भएको निर्णयले थापालाई समेत तानेको छ ।

थापाले आफ्नो असहमतिका बावजुत मन्त्रीपरिषद्बाट सो निर्णय पास भएको प्रतिक्रिया दिएता पनि सामाजिक संजाल प्रयोगकर्ताहरु त्यसलाई मान्न तयार छैनन् । उनीहरुले यदी गगनले आफ्नै पार्टीकी नेतृ कोइरालालाई राज्य कोषको दहन हुनेगरी त्यत्रो रकम दिनु हुँदैन भन्ने पक्षमा भएको भए नैतिकताका आधारमा उनले राजीनामा दिनुपर्ने काग चौतर्फ उठेको छ । हेर्नुस् सामाजिक संजालमा कस्ता आवाजहरु उठेका छन् । हाल तरुण दलको महाधिवेशनका लागि पोखरामा रहेको थापाले जनताको मागसँगै अब के गर्छन भन्ने प्रश्न पनि उठेको छ ।

No comments