Header Ads

ढुक्क हुनुहोस् प्रचण्डले भनेपछि नयाँ वर्षमा काठमाडौँका धारामा मेचम्चीको पानी खस्छ,



सिन्धुपाल्चोक, ७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्धारित समयअघि नै राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमनपछि आज आयोजित कार्यक्रममा उहाँले निर्धारित समयअघि नै गुणस्तरीय तरिकाले आगामी वैशाख १ गते काठमाडौँमा खानेपानी पु¥याउनु जरुरी छ भन्नुभयो । उहाँले स्थानीयवासीले माग गरेभन्दा पनि बढी खानेपानीको रोयल्टी दिइने आश्वासन दिनुभयो ।

उहाँले राष्ट्रिय आयोजनामध्ये सो आयोजनाको काम अन्यका तुलनामा सन्तोष गर्ने ठाउँ रहेको बताउँदै प्रधानमन्त्री दाहालले मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गसम्म पुग्ने सडकखण्ड निर्माणका लागि सडक विभागसँग सहमति भएको र व्यावहारिक रुपमा त्यसलाई अगाडि बढाउन निर्देशन दिनुभयो ।

कार्यक्रममा सांसद अग्निप्रसाद सापकोटाले आयोजना ढिलाइ स्थानीयवासीको कारणले नभएको उल्लेख गर्दै प्रणाली कायम भएमा काम गर्न सहज हुने बताउनुभयो । सांसद शेरबहादुर तामाङले खानेपानी पठाएबापतको रोयल्टीप्रति प्रतियुनिट रु पाँच हुनुपर्ने र सुरुङको मुख्य केन्द्रसम्म पुग्ने सडकको कालोपत्रे हुनुपर्ने माग गर्नुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका निमित्त मुख्य सचिव टङ्कमणि शर्माले अर्काे दसँैसम्ममा खानेपानी आयोजनाको काम सम्पन्न हुनुपर्नेमा जोड दिनुुभयो । दैनिक ५१ करोड लि खानेपानी राजधानी भित्र्याउने लक्ष्य रहेको सो आयोजनाको अझै सात किमी सुरुङ निर्माणको काम बाँकी छ ।

अहिलेसम्म आयोजनाको २०.९७ किमी सुरुङको काम सम्पन्न भएको छ । रु २३ अर्ब ४५ करोड ८६ लाख लागतमा आव ०५५÷०५६ सालदेखि सुरु भएको आयोजनाको काम आगामी आव ०७४÷०७५ मा सम्पन्न गर्ने लक्ष्य छ । सो अवसरमा आयोजनाका बारेमा कार्यकारी निर्देशक घनश्याम भट्टराईले प्रधानमन्त्रीलाई विस्तृत जानकारी गराउनुभएको थियो ।

-

No comments