Header Ads

भारत–पाकिस्तान युद्ध तर्फ उन्मुख– पाकिस्तानी कलाकारलाई भारत छाड्न उर्दी



काठमाडौं, ७ असोज । भारत र पाकिस्तानका सेना एकअर्का विरुद्ध जाइलाग्न युद्ध अभ्यास गरिहेका बेला बलिउडमा कार्यरत पाकिस्तानी कलाकारलाई भारत छाड्न उर्दी दिइएको छ ।

राज ठाकरे नेतृत्वको महाराष्ट्र नवनिर्माण सेना (एमएनएस) ले भारतमा रहेका पाकिस्तानी कलाकारलाई ४८ घण्टाभित्र भारत छाड्न धम्की दिएको अन्तर्रष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।

हालै भारत प्रशासित काश्मीरमा भारतीय सैन्य क्याम्पमा आतंकवादी आक्रमण भएपश्चात दुवै मुलुक एकअर्कालाई लक्षित गरी युद्ध अभ्यास गरिरहेका बेला कलाकारलाई भारत छाड्न धम्की दिइएको हो ।

भारतमा फवाद खान, अली जाफर, महिरा खानलगायतका पाकिस्तानी कलाकार बलिउडमा कार्यरत छन् । उनीहरुलाई ४८ घण्टाभित्र भारत नछाडे उनीहरुमात्र नभई ती कलाकारलाई काम दिने निर्माता–निर्देशकलाई समेत निशाना बनाइने एमएनएसले चेतावनी दिएको छ ।

No comments