Header Ads

दशैंको टीकाको उत्तम साइत असोज २५ गते ८ः४५ मा



vijaya-dashami
काठमाडौं, ८ असोज । नेपाल पञ्चांग निर्णयक समितिले यस वर्षको दसैंको टीकाको उत्तम साइत विजया दशमी (२५ असोज) को बिहान ८ बजेर ४५ मिनेटमा रहेको जनाएको छ । समितिले आश्विन शुक्ल प्रतिपदादेखि पूर्णमासम्म मनाइने दसैंको साइत सार्वजनिक गरेको हो । विजया दशमीको दिन बिहान ८ बजेर ४५ मिनेटको समयलाई टीकाको उत्तम साइत तोकिएको समितिका अध्यक्ष प्रा।डा। रामचन्द्र गौतमले जानकारी दिएको आजको राजधानी दैनिकमा खबर छ ।

आश्विन शुक्ल दशमीका दिन मान्यजनको हातबाट देवीको प्रसाद ग्रहणका लािग शुभसाइत तोकिएपनि सर्वसाधारणका लािग विजया दशमीको दिनभर नै उत्तम भउकाले जुनसुकै बेला टीका–प्रसाद ग्रहण गर्दा पनि शुभ हुने उनले बताए । विजया दशमीका दिन बिहान ८ बजेर २५ मिनेटमा देवी बिसर्जनका लागि शुभ साइत तोकिएको समितिका अध्यक्ष प्रा।डा। गौतमले जानकारी दिए ।

No comments