Header Ads

रुपन्देहीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु :: Read News>>

रुपन्देही, ९ असोज - रुपन्देहीमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छन्।

प्रहरीका अनुसार असुरैना-९ का १७ वर्षका त्रिवेणी केवटको लु १५ प १२२८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ज्यान गएको हो।

तीब्र गतिमा रहेको मोटरसाइकल रोकिराखेको लु १ ख ३३१२ नम्बरको बसमा शनिबार बेलुका ठोक्किएर दुर्घटना भएको हो। घाइते असुरैनाकै २८ वर्षका गोविन्द कुर्मीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

No comments