Header Ads

थानकोट स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौँ ६ असोज नेपाल भूकम्प पूनर्लाभ परियोजनाले विशेष कार्यक्रम गरी थानकोट स्वास्थ्य चौकीलाई ११ प्रकारका अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । ज्येष्ठ नागरिक, स्थानीय बुद्धिजीवी, महिला स्वास्थ्य स्वयम्सेविका तथा थानकोट स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारी उपस्थिती रहेको कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख श्री नारायण आचार्यले अहिले सन्चालनमा रहेका विशेष स्वास्थ्य सुविधामा प्रदान गरिएका स्वास्थ्य सामाग्रीले झन थप सेवा प्रवाह गर्न सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै परियोजना संयोजक श्री चन्द्र बहादुर सर्तुङ्गेले प्रदान गरिएका सामाग्रीले स्वास्थ्य चौकीको सेवा प्रवाहमा थप इटा थप्ने विश्वास ब्यक्त गर्नुभयो ।
थानकोट ज्येष्ठ नागरिक समूहका अध्यक्ष श्री शिव प्रसाद श्रेष्ठको सभापतित्वमा सन्चालित कार्यक्रममा स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य श्री कविन्द्र गोपालीले स्वास्थ्य सामाग्री अत्यन्तै प्रभावकारी र अत्यावश्यक सामाग्री प्रदान गरेकोमा नेपान र हेल्पएज इन्टरनेशनललाई धन्यबाद दिनुभएको थियो । साथै, स्वास्थ्य चौकी प्रशासन तथा कर्मचारीलाई अत्यन्तै जतनका साथ सामाग्रीको प्रयोग गर्न समेत अनुरोध गर्नु भएको थियो । उक्त कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख श्री नारायण आचार्यले “नेवुलाइजर तथा पल्स अक्सीमिटर”को प्रयोगले स्वास्थ्य सेवा झन प्रभावकारी हुृनुका साथै सेवाग्राही सन्तुष्ट हुने बताउनु भयो । श्री छवु कला गुरुङ्गले सन्चालन गर्नु भएको कार्यक्रमको अन्त्यमा बोल्दै सभापति श्री शिवप्रसाद श्रेष्ठले यस स्वास्थ्य चौकीबाट आगामी दिनमा ज्येष्ठ नागरिकलाई थप प्रभावकारी सुविधा प्रदान हुनेमा विश्वास गर्नुका साथै नेपान लगायत हेल्पएज इन्टरनेशनल नेपाललाई आउने दिनमा थप सामाग्री प्रदान गर्न अनुरोध गर्नु भएको थियो । उक्त कार्यक्रम नेपाल सहभागीमूलक कार्य समूह (नेपान) र हेल्पएज इन्टरनेशनलको सहयोगमा सन्चालित छ

No comments