Header Ads

काम गर्न राखेकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा शितलदेवीका ६२ वर्षे विक पक्राउ :: Read News >>



पोखरा, ८ असोज - घरमा यौन शोषण गरेको आरोपका कास्की प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ । पोखरा शीतलादेवी बस्ने ६२ वर्षीय वीरबहादुर विकलाई कास्की प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका विकलाई जवरजस्ती करणी मुद्दामा शुक्रबार म्याद थप गरी अनुन्धान अगाडि बढाइएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश बमले जानकारी दिए।



प्रहरीका अनुसार महिला, बालबालिका कार्यालय कास्कीको सिफारिसमा विकलाई कारबाही अगाडि बढेको हो । अन्दाजी १४ वर्षीय भारतीय बालिकालाई विकले डर धम्की देखाएर यौन शोषण गरेको पीडितले बताएकी छन्। पोखरा उद्योग वाणिज्य संघको बालश्रम न्यूनीकरण कार्यक्रममा पीडित बालिकाले आफू माथि यौन शोषण भएको लिखित रुपमै जानकारी गराएपछि बुधबार उनको उद्दार गरिएको हो।



बाल श्रम न्यूनीकरण कार्यक्रमले जिल्ला बाल कल्याण समिति, महिला तथा बालबालिका कार्यालय र नगरपालिकाको महिला तथा बालबालिका शाखा र जिल्ला प्रहरी कार्यालयलाई उक्त लिखित जानकारी पठाएपछि उनको उद्दार गरिएको हो । बालिकाले सुरु सुरुमा विकले खुट्टा माड्न लगाउने गरेको, पछि सम्वेदनशील अंगमा छुने र रातिसँगै लिएर सुतेको लिखित रुपमै जानकारी गराएकी छन् । सुत्दा पटक-पटक विकले आफूसँग यौन सम्पर्क गरेको समेत उनले बताएकी छन्।



यो कुरा कसैलाई भने मारिदिन्छु भनेर विकले धम्क्याउने गरेको पीडित बालिकाले उद्धार टोलीसँग बताएकी थिइन् । बालिकालाई माटेपानीको बालबालिका केन्द्रमा पढ्नको लागि पठाउन भन्दा पनि विकले लामो समय पठाएका थिएनन् । ती बालिका बालबालिका सम्पर्क केन्द्रमा पुगेको बेलामा आफू यौन शोषणमा परेको बताएपछि घटना बाहिर आएको हो । भारतीय मुलको जस्तो देखिने ती बालिकाको वास्तिविक नाम, ठेगाना र परिवारको बारेमा थाहा नभएको प्रहरीले बताएको छ।



विककी श्रीमतीले घरमा काम लगाउन काठमाडौबाट बालिकालाई पोखरा ल्याएकी थिइन् । बालिकालाई दुव्र्यवहार गरेको थाहा पाएपछि श्रीमान र श्रीमतीबीचमा समेत झगडा भएको स्थानीयबासीको भनाइ छ । नेपालको कानुनले १८ वर्ष तलकासँग सहमतिमै यौन सम्पर्क गरेपनि त्यसलाई जवरजस्ती करणी ठान्छ भने कानुनले बालबालिकालाई घरेलु कामदार बनाउन समेत रोकेको छ । विकले विगतेदेखि नै आचरण ठिक नभएको स्थानीयको भनाइ छ। समाधान दैनिकबाट

No comments