Header Ads

पाकिस्तानी सेना युद्धको तयारीमा, रातभर सिमाक्षेत्र लडाकु विमानको गस्ती –

pakisthan
एजेन्सी , भारत प्रशासित क्षेत्र काश्मीको उरी क्षेत्रमा भएको आतंकवादी आक्रमण पश्चात भारत र पाकिस्तान वाक युद्ध चलिरहेको बेला  पाकिस्तानी सेना भने  युद्धको तयारीमा जुटेको छ ।
पाकिस्तानले फाइटर विमान उडाएर युद्धको अभ्यास गरिरहेको छ । पाकिस्तानले भारतसँगको सीमावर्ती शहर लाहौरको सडकमा ‘हाई–मार्क’ एक्सरसाइज गरिरहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
उरी क्षेत्रमा रहेको भारतीय सैन्य क्याम्पमा आतंकवादी आक्रमण हुँदा १७ जना सेना मारिएपछि भारतले सो आक्रमण पाकिस्तानले गराएको आरोप लगाएको छ । यसपछि विग्रिएको दुई देशको सम्बन्ध अब युद्ध तर्फ अग्रसरका भएको संकेत देखा परेको छ ।
पाकिस्तानी पत्रकार एकवाल अहमदका अनुसार हिजो साँझदेखि  पाकिस्तानले उत्तरी इलाकामा एयरस्पेसमा एयरफोर्सका फाइटर विमान (युद्ध विमान)ले युद्ध अभ्यास गरिरहेको छ ।
पाकिस्तानले युद्धको अभ्यास सुरु गरेपछि भने भारतभर आतंक छाएको छ । भारत र पाकिस्तान परमाणु शक्ति सम्पन्न छन् ।

No comments