Header Ads

हातबाटै थाह हुन्छ मागी विवाह हुन्छ कि प्रेम विवाह



बिगुल वास्तु, काठमाडौँ । ज्योतिष शास्त्रको मान्यता अनुसार हाम्रो हातमा भएका बिभिन्न प्रकारका रेखाहरुले हाम्रो जिवनमा प्रत्यक्ष सम्बन्ध राख्ने बताएका छन् । जन्मदा हातमा बनेका रेखाहरु खासै परिवर्तन नहुने पनि ज्योतिषहरुले बताएका छन् । यस्तै हातमा भएका रेखाहरुले मानिसको जिवनको भुत, भविष्य तथा बर्तमान स्पष्ट संग पढ्न सकिने ज्योतिष शास्त्रको दाबि छ । हामा हुने जीवन रेखा, भाग्य रेखा, हृदय रेखा, मणिबन्ध, सुर्य रेखा तथा बिवाह तथा सन्तान रेखा ले बिशेष महवका साथ जीवनसंग प्रत्यक्ष सम्बन्ध राख्ने बताइएको छ ।



ज्योतिष शास्त्रका अनुसार कुनै पनि ब्यक्तिको हस्तरेखा हेरेर नै मानिसको मागि बिवाह हुने कि प्रेम बिवाह भन्ने कुराको सहजै पत्ता लगाउन सकिने तथा भु भविष्य र बर्तमानको भविष्यबाँणी गर्न सकिने उल्लेख गरिएको छ । यस्तै विवाह रेखासंग संम्बन्धीत रहेर सन्तान रेखा हुने भएकाले सन्तान कति हुने भन्ने भबिष्यवाणी गर्न सकिने बताइएको छ ।
कहाँ हुन्छ विवाह रेखा ?


कान्छी औँलाको तल भएको एउटा रेखालाई विवाह रेखा भनिन्छ । यसलाई बुध पर्वत पनि भनिन्छ । यस्तो बुध पर्वतको अन्त्यमा गहिरो रेखा हुने गर्दछ । तइसलाई ज्योतिष शास्त्रअनुसार विवाह रेखा भनेर चिनिन्छ । यस्ता प्रकारका विवाह रेखाहरु एक वा एक भन्दा बढी पनि हुन्छन् ।
यस्तो प्रकारको विवाहरेखा धेरै हुने ब्यक्तिहरु धेरैजनासंग प्रेम प्रसंगमा पर्ने ज्योतिषशास्त्रको दाबि छ । यस्ता प्रकारका विवाह रेखाहरु तलपट्टी गएको अवस्थामा उक्त ब्यक्तिको बैवाहीक जिवन त्यति सफल नहुने बताइएको छ । यदि कुनै स्त्रीको हातमा विवाह रेखाको सुरुमै टापु जस्तो आकार बनेको छ भने यस्ता महिलाले सौता बेहोर्नु पर्ने तथा झुक्याएर बिवाह गरिदिने खतरा उच्च हुने पनि ज्योतिश शास्त्रले बाएको छ । यस्ता महिलाहरुलाई स्वास्थ्य संबन्धी समस्याले सताउन सक्छ


हातबाटै थाह हुन्छ मागी विवाह हुन्छ कि प्रेम विवाह




यदि कुनै मानिसको हातमा विवाह रेखा लामो भएर सुर्य पर्वत सम्म पुगेको छ भने त्यस्ता मानिसको वैवाहीक जिवन अयन्तै सुखमय हुने तथा समृद्ध जिवनसाथी प्राप्त गर्दछन् । यसैगरी कसैको विवाह रेखा बिचमै काटीएको
सन्तान रेखा कहाँ हुन्छ ?


विवाहरेखाजस्तै सन्तान रेखा पनि कान्छी औलाको तल्लो भागबाट नै शुरु हुने गर्दछ । सन्तान रेखा ठाडो हुने गर्दछ र यस्तो रेखाबाटै कुन मानिसको कति सन्तान हुने गर्दछन् भन्ने कुरा थाह हुने ज्योतिषशास्त्रको ठहर छ । अनुभबी तथा दक्ष ज्योतिषविदहरुले अध्ययन गरि हेर्दा कति छोरा वा कती छोरी हुने भन्ने कुराको पनि पत्ता लगाउन सक्ने ज्योतिषबिद्हरुको भनाई छ । –एजेन्सी




No comments