Header Ads

स्वास्थ्यमन्त्री थापा अनसनरत डा केसीलाई भेट्न टिचिङमा - See more at:


kc


काठमाडौं,१४ असोज । त्रिवि शिक्षण अस्पतालमा पाँच दिनदेखि अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीलाई भेट्न स्वास्थ्यमन्त्री गगन थापा शुक्रबार साँझ टिचिङ अस्पताल पुगेका छन्।

केसी अनसनस्थल पुगेर स्वास्थ्यमन्त्री थापाले उनले राखेका मागका पूरा गर्नेतर्फ सरकारले चालेका कदमहरूबारे जानकरी गराएका थिए। थापाले केसीका माग पूरा गर्नेतर्फ प्रगति भइरहेको सुनाएका थिए। डा. केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने विषयमा कोही किन अघि नसरेको भनी प्रश्न गरेका थिए।

चिकित्सा शिक्षा नीति विधेयक संसदको यही अधिवेशनबाट पारित हुनुपर्ने, अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने, चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)मा वरिष्ठताका आधारमा डिन नियुक्ति गर्नुपर्नेलगायत माग राख्दै डा. केसी नवौंपटक सत्याग्रहमा बसेका हुन्।

No comments