Header Ads

इजिप्टमा आप्रवासी शरणार्थी चढेको डुङ्गा दुर्घटना, १०८ जनाको मृत्यु - See more at:



इजिप्ट, ७ असोज । इजिप्टको सामुद्रिक इलाकामा आप्रवासी शरणार्थी चढेको डुङ्गा बुधबार दुर्घटना हुँदा हराएका थप ५३ जनाको मृत शरीरलाई शुक्रबार समुद्रबाट निकालेपछि मृतक सङ्ख्या १०८ पुगेको हो ।

यसअघि उक्त दुर्घटनामा ५५ जनाको मृत्यु भएको जनाइएको थियो । डुङ्गा दुर्घटनाबाट बाँचेका आप्रवासी शरणार्थीले बताएअनुसार डुङ्गामा कम्तिमा ४५० व्यक्ति यात्रारत थिए ।

इजिप्टबाट इटालीका लागि छुटेको उक्त डुङ्गा अत्याधिक भारका कारण समुद्रमा डुब्न पुगेको बताइएको छ । उद्धार कार्यमा संलग्न इजिप्टको नौसेना लगायतका सुरक्षाकर्मी तथा स्थानीयले डुङ्गा दुर्घटनापछि समुद्रमा रहेका १६३ जनालाई जीवितै उद्धार गरेका थिए ।

यसैबीच, इजिप्टका प्रशासनले मानव बेचबिखनमा संलग्न गिरोहका चार सदस्यलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । उनीहरुले डुङ्गाको भारवहन क्षमताभन्दा बढी मानिसलाई डुङ्गामा राखी यात्रा गर्दा दुर्घटना हुन पुगेको प्रशासनको दाबी छ । एएफपी

No comments