Header Ads

कांग्रेसमा चर्कियो विवाद, सिंगो दलको नेता बन्न देउवालाइ पौडेलको चुनौती :: Read More News >>


काठमाडौं, ७ असोज - नेपाली काँग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलवीच पूनः विवाद चुलिएको छ । काँग्रेस निकट स्रोतका अनुसार नेता देउवा र पौडेलवीच अहिले द्धन्द्ध चर्किएको छ । बरिष्ठ नेता पौडेल पार्टी सभापति देउवाको पछिल्लो कदमलाई लिएर त्यति सन्तुष्ट छैनन् । उनले हालै मात्रै सभापति देउवालाई भेटेरै पार्टी एकलौटी ढंगले चलाए सह्य नहुने र आफूले बाध्यात्मक कदम चाल्ने भन्दै चेतावनी दिएका थिए । बुधबार र बिहीबार लगातार दुई दिनसम्म नेता द्धय देउवा र पौडेलवीच विवाद समाधान गर्नेबारेमा गहन छलफल भैरहेको छ । नेता पौडेलले त सभापति देउवालाई पार्टीको नेता भन्दापननि गुटको नेता बनेको आरोप लगाएका थिए । उनले सभापति देउवालाई पोखेको आक्रो उद्धृत गर्दै स्रोत भन्यो,‘तपाईको गुटको नेता बन्नुभयो, सक्नुहुन्छ भने पार्टीको नेता बन्नुहोस् ।’ उनले देउवालाई पार्टीलाई बुढानिलकण्ठ निवासबाट सञ्चालन गरेको समेत आरोप लगाए । उनले देउवालाई पार्टी सानेपाबाट चलाउन सुझाएका थिए । जवाफमा देउवाले आफूलाई पार्टी कहाँ र कसरी चलाउनुपर्ने भन्नेबारेमा पौडेलले सिकाउन नपर्ने भन्दै कडा आक्रोश पोखे । उनले आफूले पार्टीलाई संस्थागत ढंगले नै चलाएको भन्दै नेता पौडेललाई जवाफ दिएका थिए । देउवाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘मैले पार्टीलाई प्रतिनिधिहरुको भावना अनुसार नै चलाएको छुृ, तपाईको आरोपमा कुनै सत्यता छैन् ।’ नेता पौडेलले पार्टीबाट पठाउने राज्यमन्त्रीहरु पनि आफ्नो पक्षबाट पनि बराबरी पठाउनुपर्ने अडान लिएका थिए ।

No comments