Header Ads

तपाइको शरीर वाट दुर्गन्ध आउछ अपनाउनुहोस घरेलु उपाय



तपाइ को शरीर वाट दुर्गन्ध आँउछ, दैनिक नुहाउदा पनि दुर्गन्ध आउन छोड्दैन अनेकौ परफ्युम र पाउडरमा धेरै पैसा खर्च गर्दा पनि दुर्गन्ध हटाउन मुस्कील भैरहेको छ । अब चिन्ता लिइरहनु पर्दैन आउनुहोस तपाइको शरीरबाट आउने दुर्गन्ध हटाउने घरेलु तरिका यहाँ प्रस्तुत गरिएको छ ।
1.

ज्यान बाट आउने दुर्गन्ध





तपाई को ज्यू वाट दुर्गन्ध आउने समस्या छ भने यो तपाइका लागि मात्र नभइ तपाइको ब्यक्तित्व मा ठुलो असर पारिरहेको हुन्छ । यो यस्तो समस्या हो जहाँ तपाइका आफ्ना साथिभाइ, इष्टमित्र लगायत तपाई लाइ अत्यन्तै चाहने किन नहुन तपाइको ज्यू वाट आएको दुर्गन्ध का कारण टाढा भागिरहेको अनुभव गर्न सक्नु हुनेछ । यसलाइ नेपाली ठेट शब्दमा पसिना गन्हाउने पनि भनिन्छ ।
कतिपय मानिसहरु यो दुर्गन्ध बाट छुटकारा पाउनका लागि डियोड्रेन्ट हरु प्रयोग गर्दछन् तर केही समय पछि यो समस्या जस्ताको तस्तै हुन्छ । यदि तपाई पनि यस्तो समस्यावाट ग्रसित हुनुहुन्छ भने आउनुहो यस लेखमा केही समाधानका उपायहरु बारे चर्चा गरौं ।
2.

गहुँ को जमरा को जुस



शुद्ध रगत निर्माण का लागि अद्धत शक्ति मानिन्छ यो जमराको जुस यसलाइ अँग्रेजिमा वीट ग्रास पनि भनिन्छ भने, यसलाई अर्को शब्दमा ग्रीन ब्लड पनि भनिन्छ । यस्तो प्रकारको जुसमा अधिक मात्रामा अक्सिजन हुने भएकाले यसले हाम्रो शरीरमा भएका ब्यक्टेरियाहरु संग लड्न मद्त गर्दछ । यसले छालामा सावुनको काम गर्दछ साथै दुर्गन्ध हटाउनमा पनि महत्तवपुर्ण भुमिका खेलेको हुन्छ । स्मरण रहोस बडादशैँ को समयमा प्रयोग गरिने जमरामा धेरै थरिका अनाज हरुको जमरा बनाइन्छ तर गहुँको जमरा को जुस भन्नाले गहँु उम्रेको १० देखि १५ दिन भित्र यसको जुस बनाएर खान उचित मानिन्छ ।
3.

सोडा को प्रयोग




शरीरवाट पसिनाको दुर्घन्ध आउने हरुका लागि सोडाको प्रयोग गर्नु अत्यन्तै लाभदायक मानिन्छ । दैनिक रुपमा नुहाइसकेपछि धुलो पारेको सोडा काखिमा लगाउनुहोस, लगभग १० मिनेट पछि सफा कपडाले पुछ्नुहोस । यदि तपाइको खुट्टा वाट पनि यस्तै दुर्घन्ध आउने समस्या छ भने यो खुट्टा मा पनि त्यसैगरि प्रयोग गर्न सक्नुहुनेछ ।
४.
काँक्रो को प्रयोग



काँक्रो मा एन्टीअक्सीडेड नामक एक रसायन पाइने गर्दछ । जसले तपाईको शरीरवाट आउने दुर्गन्ध लाई हटाउनमा सहयोग गर्दछ । यसलाई नुहाउदाको समयमा काँक्राको रस पानी मा मिसाएर नुहाउनुहोस अनि नुहाइसकेपछी काँक्राको चानालाई आफ्नो शरीरवाट दुर्गन्ध आउने स्थानमा रगड्नुहोस ।
5.

कागती को प्रयोग



यदि तपाइ को शरीर वाट पसिना अधिक मात्रामा गन्हाउछ भने अव चिन्ता गर्नुपर्ने कारण छैन् । नुहाउदाको समयमा पानीमा कागतिका थोपाहरु हालेर नुहाउनु भयो भने एंटीबैक्टीरियल डियोड्रेंट को केमिकल सम्मीश्रण बन्न पुग्छ जस्ले गर्दा शरीरवाट निस्कने पसिनामा दुर्गन्ध आउदैन ।
6.
प्रसस्त मात्रामा पानी पिउनु

दैनिक प्रसस्त मात्रामा पानी पिउनाले तपाई स्वस्थ मात्र हैन शरीरवाट दुर्गन्ध आउन पनि रोक्दछ । पानिका कारणले शरीरवाट निस्कने पसिनाका ब्यक्टेरीहरुलाइ पातलो गरि दुर्गन्ध आउने संभावनालाइ पनि कम गर्दछ ।
7.
दही र मैदाको मिश्रण

दही र मैदाको सम्मीश्रण बनाइ नुहाउनु भन्दा केही समय अगाडी लगाउनुहोस् । जव पूर्ण रुपले यो सुक्छ तब नुहाउनुहोस । यसले बन्द भएका प्वालहरु खोलि प्रसस्त मात्रामा शरीरमा अक्सीजन पुर्याउन सहयोग पुर्याउछ । अनि तपाइको शरीर बाट दुर्गन्ध आउने समस्या पनि समाधान हुन्छ ।
8.

गुलाबको फुल


गुलावको फुलका पातहरुले छालामा पोषण दिन सहयोग गर्दछ । यसलाई छालामा प्रयोग गर्दा सुगन्ध मात्र दिदैन यसले शरीरवाट आउने दुर्गन्ध लाई पनि सधै का लागि निर्मुल गर्नमा भरपुर सहयोग पुर्याउदछ । शरीर वाट आउने दुर्गन्ध का गुलावको २ वटा फुल पिसेर आधा कप जति दुधमा लगभग ३० मिनेट जति भिजाएर राख्नुहोस । त्यसपश्चात यसको लेपलाइ बिस्तारै बिस्तारै शरीरमा लेपन गर्नुहोस, यसलाई सुख्खा हुन्जेल सम्म प्रतिक्षा गर्नुहोला । सुख्खा भैसकेपछी चिसो पानीले धुनु उचित हुन्छ ।

9.

गाजर को जुस


गाजरले हाम्रो शरीरमा भएका बिकार बस्तुलाई हटाउने काम गर्दछ, गाजरको जुसले शरीरको दुर्गन्ध कम गर्नुका साथै स्वस्थ र स्फुर्ती राख्नमा सहयोग गर्दछ । त्यसैले दैनिक रुपमा गाजरको जुस पिउनु स्वास्थ्यका दृष्टीकोणले अत्यन्तै लाभदायक मानिन्छ ।



हाम्रो यो लेख तपाईलाई मन परेमा लाईक, कमेन्ट, तथा सेयर गर्न नभुल्नुहोला तपाई को एक सेयरले यो संदेश सबैसामु पुग्न सहयोग पुग्ने छ । तपाईहरुका अन्य कुनै स्वास्थ्य संबन्धी समस्याहरु छन् भने पनि हामीलाई भन्नुहोस हामी संबन्धीत पक्षबाट त्यसको समाधान खोज्ने प्रयत्न गर्ने छौँ ।

No comments