Header Ads

युरिक एसिड बढेर तनाबमा हुनुहुन्छ । यसो गर्नुहोस ।

स्वास्थ्य, काठमाडौँ । युरिक एसिड रोगलाई एक दिर्घकालिन रोग मानिन्छ । त्यसैले यस्तो रोग लाग्नु भन्दा पहिले लनग्न नदिनु नै उचित हुन्छ । आधुनिक जिवनशैलि तथा खानपानमा आउने भिन्नताका कारण युरिक एसिडको समस्याले सताउन थाल्दछ । आउनुोस यस्ता उपायहरु अपनाएमा यस्तो रोगवाट बच्न सकिन्छ ।
१. बढी तौल भएका मानिसहरुलाई युरिक एसिडले सताउन सक्छ । त्यसैले बढी तौल हुनेहरुले आफ्नो तौल नियन्त्रण गर्नु ठिक हुन्छ । वजन धेरै भएका मानिसहरुलाई शरीरमा युरिक एसिड थुप्रिएर बसेको खण्डमा रगतमा प्रसार भएर समस्या उत्पन्न हुन थाल्दछ ।


२. चिल्लो पिरो तथा मासुजन्य खाद्य पदार्थ हरुमा प्युरिन नामक तत्व रहेको हुन्छ । जसको सेवनले युरिक एसिड ह्वात्तै बढ्ने संभावना रहन्छ । बिशेष गरी रातो माशु तथा कलेजो, किड्नी, मुटुजस्ता माँस पदार्थको प्रयोग घटाउनु पर्दछ ।
३. मासुको सुप, बियर जस्ता तरल पदार्थरुको सेवन कम गर्नु पर्दछ ।
४. सिमी, तोरीको साग, पालुंगोको साग, खसी, हाँसको माशु, गंगटा, आइसक्रिम, पाउरोटी तथा केकको प्रयोग गर्न बन्द गर्नुपर्छ । यस्ता चिजहरुको सेवनले युरिक एसिडको प्रभाव बढ्न सक्छ ।
५. तेलमा तारेका खानेकुराहरुको सेवन कम गर्नु पर्दछ । यस्ता खानेकुराहरुमा भएको तेल तथा फ्याट रेनसिडमा परिवर्तन हुन्छ ।रेनसिडका कारण शरीरमा रहेको भिटामिन ई लाई नष्ट गर्ने काम गर्दछ । यस्तो भिटामीन नष्ट भएको खण्डमा शरीरमा युरिक एसिडको मात्रा बढ्दछ ।
६. केरा, आलु, दूध, दही, स्ट्रबेरी, कागती जस्ता क्याल्सियमयुक्त खानेकुरारुको सेबन नियमित गर्नुपर्दछ ।
७. सफ्ट डिङ्कहरुको प्रयोगमा कमी गर्नुपर्दछ । जस्तै अल्कोहल, कोक, फ्यान्टा, स्प्राइट, पेप्सी तथा मिरिण्डा जस्ता पदार्थहरुको प्रयोगमा कमी ल्याउनाले युरिक एसिडको खतरा कम हुन्छ ।
८. हाम्रो किड्नी लाई सही तरीकाले सन्तुलनमा ल्याउनका लागि प्रसस्त मात्रामा पानी पिउनु पर्दछ । दैनिक कम्तिमा १० गिलास पानी पिउनाले किड्नीको संचालन प्रभावकारी हुन्छ, जसले गर्दा युरिक एसिडको संभावना कम हुन्छ
९. दैनिक रुपमा शारीरिक ब्यायाम तथा तन्दुरुस्ती राख्नका लागि प्रसस्त मात्रामा फलफुल खानुहोस् ।

No comments