Header Ads

श्रीमान विदेशमा,यता श्रीमति लाखौं रुपैया हिनमिना पारेर वेपत्ता भएपछी,घरमा स–साना वालवालिकाहरुको विचल्ली - See more



गुल्मी ११ असोज । दुई महिना अघि मात्र विदाईका आँशु वगाउँदै श्रीमानलाई छिट्टै फर्किनु होला है भन्दै छिप्लो घसेकी श्रीमति विभिन्न संघ संस्था र व्यक्तिहरु संग लाखौं ऋण काढेर घरबाट बेपत्ता भए पछि गुल्मीका एक दलित युवा दुई महिनामै विदेशबाट घर फर्किन बाध्य भएका छन् । हर्दिनेटा गाविस वडा नम्वर ८ वाँसखर्कका ३२ वर्षिय रामबहादुर नेपाली श्रीमति वेपत्ता भएको र घरमा स–साना वालवालिकाहरुको विचल्ली भए पछि महिनामै घर फर्केका हुन् । गुल्मीकै नयाँगाउँमा माईती घर भएकी उनकी २९ वर्षिया श्रीमति दुर्गा नेपाली भदौं २९ गते देखि घरबाट बेपत्ता भएको पिडित नेपालीले बताए ।









-

No comments