Header Ads

संसद भवनमै ओलीले यसरी दिए प्रधानमन्त्री प्रचण्ड लाई ठूलो धक्का,भारत गएर ‘यही हो सुधारेको हो कि अरु केही छ ?’ भारतसँगको सम्बन्धमा के सप्रियो ?



काठमाडौं ११ असोज । व्यवस्थापिका संसदको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री भएलगत्तै प्रचण्डले नेपालभारत सम्बन्ध सुध्रियो भनेर रमाइलो उद्घोष गरेको बताए ।


प्रधानमन्त्रीले भारत भ्रमणमा सम्बन्ध सुधार भएको भनेको भन्दै उनले भने, ‘मैले खोजें के-के सप्रिएछ ? तर, केही देखिएन ।’
प्रधानमन्त्रीले भारत भ्रमणपछि संसदलाई जानकारी नदिएपनि बाहिर नेपालभारत सम्वन्ध सप्रिएको भनेको भन्दै एमाले अध्यक्ष ओलीले भने, के सप्रियो ? यो यो सप्रियो भनेर भन्नुपर्छ ।’
उनले अघि भने, ‘नाकाबन्दी थियो र खुल्यो कि ? कुनै सन्धि सम्झौता हुन सकेको थिएन भयो कि ? कुनै परियोजना अड्किएको थियो, अघि बढ्यो कि ? बताउनु भए हुन्थ्यो ।’
एमाले अध्यक्ष ओलीले व्यंग्य गर्दै सम्वन्ध सुधार भएको प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा जारी भएको २५ बुँदे संयुक्त वक्तव्यमा सम्झिएको बताए । संयुक्त वक्तव्यको १० नम्बर बुँदामा संविधानको विषय उल्लेख भएको भन्दै उनले भने, ‘यो नेपालको आन्तरिक विषय हो । तर, साझा विषय जसरी उल्लेख भएको छ । र, बाहृय चासो र भूमिका आमन्त्रण गरिएको छ ।
यो आपत्तिजनक रहेको भन्दै उनले अघि भने, ‘सप्रिएको भनेको यही हो । अझ भारतीय चासो र भूमिकालाई आमन्त्रण गरेकालाई सप्रिएको भनेको हो भने झन् आपत्तिजनक छ ।’
संयुक्त वक्तव्यका विभिन्न बुँदा आपत्तिजनक रहेको भन्दै उनले संसदमा प्रश्न गरे, ‘यही हो सुधारेको हो कि अरु केही छ ?’

No comments